कराँचीको स्टक एक्सचेन्ज कम्पनीमा आक्रमण

२०७७ असार १५ साेमबार,एजेन्सी । पाकिस्तानको कराँचीस्थित स्टक एक्सचेन्ज कम्पनीमा आक्रमण हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ ।

सोमबार बिहान स्थानीय समय अनुसार ९ बजे कराँचीस्थित पाकिस्तान स्टक एक्सचेन्ज लिमिटेडको भवनमा गोली तथा ग्रेनेड प्रहार गरिएको पाकिस्तानी समाचार पत्र डनले जनाएको छ।

प्रारम्भिक जानकारीका अनुसार उक्त भवनमा तीनदेखि चार जना जति आतंककारी पसेका थिए। उनीहरूले ग्रिनेड भने प्रवेशद्वारमा प्रहार गरेका थिए । घटनाको केहीबेर प्रहरी तथा रेन्जरहरू पुगेर उक्त स्थानलाई घेरेका थिए।

प्रहरीले गरेको कारबाहीमा परी ४ जना आतंककारी मारिएको समाचारमा उल्लेख छ।

मृत्यु हुनेको संख्या बढ्न सक्नेछ । आक्रमणमा घाइते भएकालाई नजिकैको अस्पतालमा लगिएको छ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार