२०७७ असार १५ साेमबार, एजेन्सी । वैज्ञानिकहरू कोभिड-१९ को खोप विकास गर्न लागिपरेका बेला बेइजिङले भने ट्रेडिशनल चाइनिज मेडिसिन (टीसीएम) अर्थात् परम्परागत औषधिको प्रवर्धन गरिरहेको छ।
चीन सरकारले भर्खरै सार्वजनिक गरेको श्वेतपत्रमा चीनमा कोभिड-१९ भएका ९२ प्रतिशत बिरामीको उपचारमा कुनै न कुनै तरिकाले परम्पराग औषधि प्रयोग गरिएको उल्लेख छ।
टीसीएमलाई विश्वकै पुरानो उपचार पद्धतिमध्ये एक मानिन्छ र यसमा जडीबुटी देखि अकुपन्चर तथा ताइचीजस्ता विधि समाविष्ट छन् । यसको प्रयोगबारे कहिलेकाहीँ अनलाइन माध्यममा तीव्र बहस हुने भए पनि विभिन्न चिनियाँहरूमा परम्परागत उपचार विधि निकै प्रख्यात छ।
विज्ञहरूका अनुसार चीन टीसीएमको आकर्षण आफ्नो देशका साथै अन्यत्र पनि बढाउन प्रयासरत छ । तर स्वास्थ्यसेवामा काम गरिरहेकाहरूमा भने यसको उपयोगिताबारे संशय छ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो