२०७७ असार १६ मङ्गलबार, एजेन्सी । भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट ४१८ जनाको मृत्यु भएपछि यस घातक रोगबाट ज्यान गुमाउनेको संख्या १६ हजार ८९३ पुगेका स्थानीय समय अनुसार मंगलबार बिहान ८ बजे स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
भारतमा दैनिक हजारौको संख्यामा कोरोना भाइरसको नयाँ संक्रमितहरु थपिदै गएकाले कुल संक्रमितको संख्या ५ लाख ६६ हजार ८४० पुगेको पनि सो मन्त्रालयले जनाइएको छ । गत २४ घण्टामा भारतमा १८ हजार ५२२ जना कोरोना भाइरस संक्रमित भएका छन् ।
देशभरी अहिले २ लाख १५ हजार १२५ जना संक्रमित अवस्थामै रहेका छन् भने संक्रमणमुक्त हुनेहरुको संख्या ३ लाख ३४ हजार ८२२ पुगेको छ ।
कोरोना भाइरसबाट सवैभन्दा धेरै महाराष्ट्र प्रदेश प्रभावित भएको छ । सो प्रदेशमा कोरोना भाइरसबाट संक्रमित भएका र मृत्यु भएकाहरुको संख्या सवैभन्दा धेरै रहेको छ । महाराष्ट्रपछि केन्द्रिय राजधानी समेत रहेको दिल्ली कोरोना प्रभावित राज्यको रुपमा रहेको छ ।
ट्रेन्डिङ
शाहिद : जाे सय फिल्ममा रिजेक्ट भएका थिए
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’