२०७७ असार १७ बुधबार, एजेन्सी । युभेन्ट्सले मंगलबार पुछारतिरको जेनोआलाई ३–१ ले हराएर इटालीको सिरी ए लिग तालिकामा ४ अंकले अगाडि रहन सफल भएको छ । त्यसमा विजयी टिमका लागि पउल डेबेला, क्रिस्टियानो रोनाल्डो र डगलस कोस्टाले उत्कृष्ट गोल गरेका थिए ।
पहिलो हाफमा जेनोआले युभेन्ट्सको आक्रमण सफलतापूर्वक रोके पनि दोस्रो हाफमा विपक्षी टिमका स्टार खेलाडीको उत्कृष्ट प्रदर्शनसामु टोलीको केही लागेन ।
डेबेलाले ५०औं मिनेटमा जेनोआका तीन डिफेन्डरलाई छलाएर डिफ्लेक्ट भएको सटमा पहिलो गोल गोल गरे । त्यसको सात मिनेटमा रोनाल्डोले २५ मिटर परबाट गरेको शक्तिशाली प्रहार गोलमा परिणत भयो । कोस्टाले तेस्रो गोल थपे ।
जेनोआतर्फबाट आन्द्रे पिनामोन्टीले एक गोल फर्काए । युभेन्ट्सको २९ खेलबाट ७२ अंक भएको छ । लाजियो भने ६८ अंकमा दोस्रो स्थानमा छ । उसले दिनको अर्को खेलमा टुरिनोलाई २–१ ले पराजित गरेको थियो ।
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो