म्यानचेस्टर युनाइटेड प्रिमियर लिगको पाँचौ स्थानमा

२०७७ असार १७ बुधबार, एजेन्सी । म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगको पाँचौ स्थानमा उक्लिएको छ। मंगलबार राति भएको खेलमा ब्राइटनलाई ३-० गोलले पराजित गर्दै म्यानचेस्टर पाँचौ स्थानमा उक्लिएको हो।

म्यानचेस्टरको जितमा ग्रिनउडले खेलको १६ मिनेटमा पहिलो गोल गरेका थिए।

बाँकी दुई गोल ब्रुनो फर्नान्डेजले गरे। उनले खेलको २९ मिनेटमा टिमको अग्रता दोब्बर पारे। पहिलो हाफमा २-० ले अघिरहेको म्यानचेस्टरका लागि ब्रुनोले ५०औं मिनेटमा तेस्रो गोल गरे।

पाँचौ स्थानमा उक्लिएको म्यानचेस्टरले ३२ खेलबाट ५२ अंक जोडेको छ। म्यानचेस्टरसँग समान ५२ अंक भए पनि गोलअन्तरमा पछि परेको वुल्भ्स छैटौं स्थानमा झरेको छ।

लिगको उपाधि जितिसकेको लिभरपुलले ८६ अंक जोडेको छ।

 

दोस्रो स्थानको म्यानचेस्टर सिटीको ६३ अंक, तेस्रो स्थानको लेस्टरको ५५ अंक र चौथो स्थानको चेल्सीको ५४ अंक छ। शीर्ष चार टिमले ३१ खेल खेलेका छन्।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार