२०७७ असार १७ बुधबार, काठमाडौं । दक्षिण एसिया: कोरोना संक्रमितको हट स्पट बन्दैछ। अत्याधिक संख्यामा कोभिड १९ का संक्रमित थपिँदै जाँदा भारत खराब मुलुकको शीर्ष ४ स्थानमा रहेको छ भने पाकिस्तान पनि छिट्टै विश्वका शीर्ष १० मुलुक भित्र अटाउने तरखरमा छ। दक्षिण एसियामा पाकिस्तानको पछिपछि छ बंगलादेश।
कोरोना भाइरसको संक्रमणका कारण खराब मुलुकहरुको सूचीमा पाकिस्तान अहिले १२ औं स्थानमा आइपुगेको छ। पाकिस्तानमा संक्रमितको संख्या २ लाख नाघिसकेको छ। त्यहाँ अहिलेसम्म २ लाख ९ हजार ३ सय ३७ जना संक्रमित रहेका छन्। संक्रमितको संख्या बढ्नेक्रम पाकिस्तानमा जारी नै छ। त्यहाँ अहिलेसम्म ४ हजार ३ सय ४ जनाले ज्यान गुमाइसकेका छन्।
कोरोना संक्रमितको संख्याका आधारमा खराब अवस्थाबाट गुज्रिरहेका मुलुकको शीर्ष २० को सूचीमा बंगलादेश पनि परिसकेको छ। यो सूचीको १८ औं स्थानमा रहेको बंगलादेशमा अहिलेसम्म १ लाख ४५ हजार ४ सय ८३ संक्रमित पहिचान भइसकेको छ। बंगलादेशले अब युरोपकै खराब अवस्थाबाट गुज्रिएको फ्रान्सलाई छिट्टै उछिन्ने छ।
यता, भारतको खराब यात्रा कायमै छ। भारतले छिट्टै रसियालाई जितेर कोरोना भाइरस संक्रमित मुलुकको शीर्ष तेस्रो स्थान लिने देखिन्छ। भारतमा अहिलेसम्म ५ लाख ८५ हजार ७ सय ९२ जना संक्रमित छन्। भारतभन्दा अगाडि रहेको रसियामा संक्रमितको संख्या ६ लाख ४७ हजार ८ सय ४९ छ।
मृत्यु दरमा भने रसिया विश्वकै नमुना बनेको छ। त्यहाँ अहिलेसम्म ९ हजार ३ सय २० जनाको ज्यान गएको छ जबकि भारतमा मर्नेको संख्या १७ हजार ४ सय १० पुगिसकेको छ। ब्राजिलमा ५९ हजार ६ सय ५६ जनाले ज्यान गुमाइसकेका छन्। अमेरिकामा कोरोनाका कारण मर्नेको संख्या १ लाख ३० हजार १ सय २२ पुगिसकेको छ। बेलायतमा ४३ हजार ७ सय ३० जनाले ज्यान गुमाइसकेका छन्।
ट्रेन्डिङ
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’