नासाले सार्वजनिक गर्यो सुर्यको अद्भुत भिडियो

२०७७ असार १७ बुधबार, एजेन्सी । अमेरिकी स्पेस एजेन्सी नासाले बुधबार सुर्यमा गरेकाे आफ्नाे १० वर्षकाे अध्ययनकाे  एक भिडियो जारी गरेको छ ।नासाले आफ्नो सोलार डायनेमिक्स अब्जर्वेटरीले लगातार दश बर्षसम्म सुर्यलाई आफ्नो क्यामरामा कैद गरेको थियो । यसक्रममा यस अब्जर्वेटरीले कैयौ महत्वपूर्ण जानकारी जम्मा गरेको छ । नासाले सुर्य बारे यस्तै केहि रोचक जानकारी सार्बजनिक गरेको छ ।

नासाले खिचेको सुर्यको ४५ करोड उच्च रेजुलेसनसहितको तस्बीर खिचेको जनाएको छ । जसको साइजमात्र दुई करोड गिगाबाइट रहेको छ ।

नासाले भनेको छ, ‘यो जानकारी हाम्रो सुर्य नजिकका ताराहरुको अवस्था र अन्य कैयौं खोजका लागि सहयोगी हुने छ । साथै सुर्यले सौर्य प्रणालीमा कसरी प्रभावित गरेको छ भन्ने बारे पनि जानकारी हासिल भएको छ ।’

नासाले कैयौ उपकरणको मद्दतले सोलार डायनेमिक्स अब्जर्वेटरीबाट हरेक ०.७५ सेकेन्डमा सुर्यको एक तस्बीर कैद गरेको थियो । वायुमण्डलीय इमेजिंग असेम्ब्ली (एआइए) उपकरण एउटै प्रकासको १० अलग अलग तरंगमा हरेक १२ सेकेन्डमा तस्बीर कैद गर्न सक्ने नासाले बताएको छ ।

यो १० बर्षको टाइम ल्याप्स भिडियो ति तस्वीरहरुको समुह जो १७.१ नानोमिटरको तरंगमा लिइएको थियो । एक अति पराबैजनी तरंगबाट लिइएको तस्वीर सुर्यको सबैभन्दा बाहिरको वायुमण्डलीय तहलाई दर्शाएको बताइएको छ ।

नासाले सुर्यको एक दशकको अध्ययनलाई ६१ मिनेटको भिडियोको माध्यमले देखाएको छ । यस भिडियोमा सुर्यका दश बर्षमा लिइएका तस्बीर मध्ये हरेक घण्टाका एक तस्वीर प्रयोग गरिएको छ । त्यस्तै भिडियोमा एक सेकेन्डमा एक दिन देखाइएको छ । नासाका अनुसार यी तस्वीरहरु २०१०, जुन २ देखि २०२० जुन १ सम्म लिइएको हो ।

 

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार