लघुकथा – अतिक्रमण

– राधा कार्की

आकाश उघ्रिएको थियो, निलो रङ्गमा । चराहरू फूलसँग लुकामारी खेल्दै गीत गाइरहेका थिए । बालबालिका विद्यालय जाँदै थिए । केही युवाहरू बाटोघाटो, पुल–पुलेसा सफा गर्दै माटो हेरी नयाँ बेर्ना लगाउदै थिए । छाप्राहरू पनि फुरुङ्ग देखिन्थे । वृद्ध–वृद्धा भलाकुसारी गर्दै पिडीमा बस्दा घरको रौनक अझ बढेको थियो । कृतिका खुसीले नाँच्दै थिई अचानक भालेको डाकले ऊ झल्याँस्स ब्युँझिई ।
उसलाई त्यो पलबाट बाहिरिन पटक्क मन थिएन । बाध्यता, त्यो सपनाले उसलाई छोडेर गइसकेछ । कृतिकाले ती दृश्यलाई आँखामा राख्न खोजी तर एक्कासि बज्रेकाे अनियमिताको पोकाबाट पानाहरू छरपस्ट हुदैथिए ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार