सिरियन जनताको जीवनस्तर उकास्न कतारले सय मिलियन डलर दिने

२०७७ असार १७ बुधबार, एजेन्सी । कतारी अमिर शेख तमिम विन हमाद अलथानीको निर्देशन बमोजिम उपप्रधान एवम् परराष्ट्र मामिला मन्त्री शेख मोहम्मद विन अब्दुल रहमान अलथानीले सिरियालाई सय मिलियन अमेरिकी डलर प्रदान गर्ने घोषणा गरेका छन्।

सिरिया लगायत त्यस क्षेत्रको सहयोग सम्बन्धी ब्रसेल्समा भएको भिडियो कन्फरेन्समा सहभागी भएका उपप्रधान एवम् परराष्ट्र मामिला मन्त्री अलथानीले सिरियन जनताको जीवनस्तर सहज बनाउन सहयोग गर्ने घोषणा गरेका हुन्।

भिडियो कन्फरेन्समा उपप्रधान एवम् परराष्ट्र मामिला मन्त्री अलथानीले मानवीय एवं भातृत्व भावना कायम राख्दै सिरियाको लागि सहयोग गर्न लागेको तथा वास्तवमा सिरियाकै लागि कतारले दुइ बिलियन भन्दा बढी नै सहयोग गरेको स्मरण गरे। उनले सिरियाली जनतालाई सहयोग गर्नु मानवीय कर्तव्य तथा उत्तरदायित्व समेत भएको बताए।

उपप्रधान एवं परराष्ट्र मामिला मन्त्री अलथानीले सिरियाको संकट समाधानको लागि कतार सरकारले जेनभा महासन्धि २०१२ अनुसार अन्तर्राष्ट्रिय स्तरमा राजनीतिक पहल समेत गरिरहेको जानकारी दिए। संकटकै घडीमा सिरियली जनताले कोरोना महामारीको समेत सामना गर्नुपरेकाले सहयोग आवश्यकता रहेको बताए।

उनले भिडियो कन्फरेन्समा संवोधन गर्दै युरोपियन युनियन तथा संयुक्त राष्ट्ररसंघलाई कन्फरेन्स आयोजना गरेकोमा धन्यवाद दिए। उनले विश्वले नै मानवीय संकट बेहोरिरहेको अहिलेको अवस्थामा सिरियन जनताले सामान्य मानवीय आवश्यकता नपाएको बताए। उनीहरूले स्वच्छ खानेपानीबाट समेत बञ्चित हुनुपरेको भन्दै यस्तो कठिन परिस्थितिमा सिरियन जनताले आधारभूत शिक्षा, स्वास्थ्यमा पनि पहुच नभएको जानकारी दिए। ‘हामी कस्तो भविष्यको कल्पना गररहेका छौं जबकि सिरियाका कलिला नानीहरू नरसंहार, बम आंतकका बीच हुर्किरहेका छन्?,’ उनले भने।

मन्त्री अलथानीले भिडियो कन्फरेन्स मार्फत आंतकबादको अन्त्य तथा अमानवीय व्यवहार अन्त्य गर्दै एक भएर जुट्न सबैलाईआग्रह समेत गरे।

यसअघि कतारले १० मिलियन डलर कोरोना संक्रमणविरुद्ध लड्नका लागि विश्व स्वास्थ्य संगठनलाई उपलब्ध गराएको थियो।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार