२० जेठ, २०७७ काठमाडौं ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयमा कार्यरत एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो जानकारीइजरायलको प्रधानमन्त्री कार्यालयले दिएको हो । प्रधानमन्त्री नेतन्याहु ती संक्रमित कर्मचारीको सम्पर्कमा थिए कि थिएनन् भन्ने कुराको भने जानकारी दिइएको छैन । प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको ७० बर्ष उमेरको हुनुहुन्छ। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार इजरायलमा हालसम्म १७ हजार १ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ जसमध्ये २ सय ८५ जनाको मृत्यु भइसकेको छ । पछिल्ला दिनहरुमा इजरायलमा संक्रमण दर बढ्दो छ ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो