२०७७ असार १८ बिहीबार, काठमाडौं । हलिवुडका ‘इभिल डेड २’ फेम अभिनेता डानी हिक्सको निधन भएको छ । क्यान्सरसँग लडिरहेका अभिनेता हिक्स ६८ बर्षको उमेरमा चौथो स्टेजको क्यान्सरसँग पराजित हुदै संसार छोडेका छन् ।
हिक्सको फिल्म निर्माण कम्पनिले उनको मृत्यु भएको आधिकारिक जानकारी फेसबुक मार्फत दिएको थियो ।
अघिल्लो महिना मात्र क्यान्सर चौथो स्टेजमा पुगिसकेको जानकारी पाएका हिक्सले आफैले आफ्नो चौथो स्टेजको क्यान्सर बारे जानकारी दिदै आफु अब धेरै नबाच्ने बताएका थिए ।
उनले सन १९८७ मा इभिल डेड-२ बाट आफ्नो हलिवुड यात्रा शानदार रुपमा शुरु गरेका थिए ।
हलिवुडका ३६ फिल्ममा काम गरेका हिक्सको सन २०१९ मा द ब्लड हन्टर रिलिज भएको थियो । उनले डार्कम्यान, विशमास्टर, माई नेम इस ब्रुस, स्पाइडर म्यान-२ जस्ता फिल्ममा समेत काम गरेका थिए ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
दाहाल–नेपालकै नेतृत्वमा नयाँ सरकार बन्छ : भट्टराई
‘ओलीसँग बेइमानीबाहेक कुनै क्षमता छैन’
शाहिद : जाे सय फिल्ममा रिजेक्ट भएका थिए
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल