चेल्सीमाथि वेस्टह्यामको जित

२०७७ असार १८ बिहीबार, एजेन्सी । इङलिश प्रिमियर लिगमा चेल्सी पराजित भएको छ । गएराती सम्पन्न खेलमा चेल्सी वेस्टह्याम युनाइटेडसँग पराजित भएको हो ।

वेस्टह्यामले खेलको ८९औ मिनेटमा गोल गर्दिया चेल्सीमाथि सनसनीपूर्ण जित निकालेको हो ।

चेल्सीमाथिको जितका लागि एन्ड्रीय यामोलेनकोले ८९औ मिनेटमा गोल गरेका थिए । यस अघि वेस्टह्यामका लागि टोमास सोउसेक र मिचैल एन्टोनियोले एक एक गोल गरेका थिए ।

त्यस्तै चेल्सीका लागि दुवै गोल विलियनले गरेका थिए ।

रेलिगेसन नजिक रहेको वेस्टह्यामका लागि यो जितले महत्वपूर्ण ३ अंक हासिल गर्दै १६औ स्थानमा उक्लिएको छ । वेस्टह्यामको ३२ खेलमा ३८ अंक भएको छ ।

त्यस्तै चेल्सीको भने ३२ खेलमा ५४ अंक छ भने लिगको चौथो स्थानमा रहेको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार