कोरोनाविरुद्ध भ्याक्सिनको ट्रायल नतिजा सकारात्मक

२०७७ असार १८ बिहीबार, एजेन्सी । बेलायतको अक्सफोर्ड युनिभर्सिटीले बनाएको कोरोनाको भ्याक्सिनको ट्रयालबाट रम्रो संकेत आएको छ । ब्रिटेनको एक संसदीय सुनुवाईका क्रममा अक्सफोर्ड युनिभर्सिटीले भ्याक्सिनको ट्रयालको सकारात्मक संकेत देखिएको बताएको छ ।

युनिभर्सिटीका भ्याक्सिनोलोजीका प्रोफेसर सारा गिलिबर्टले संसदीय समितिलाई अहिले ट्रायल जारी रहेको र नयाँ ट्रायलका लागि ८ हजार स्वयं सेवक दर्ता भइसकेको जानकारी गराएकी छन् । ChAdOx1 nCoV-19 भ्याक्सिनलाई AZD1222 नाम दिइएको यस भ्याक्सिनको क्लिनिकल ट्रायल समेत तेस्रो चरणमा पुगिसकेको छ ।

यो भ्याक्सिन विश्वमै कोरोनाविरुद्धको भ्याक्सिनमा सबै भन्दा बढी सम्भावना देखिएको भ्याक्सिन बनेको छ ।

प्रोफेसर साराले संसदीय समितिलाई यो भ्याक्सिनको ट्रायल कहिले सकिन्छ र कहिलेसम्म तयार हुन्छ भन्ने बारेमा भने ठोस रुपमा जानकारी नदिएको बिबिसीले जनाएको छ ।

बेलायतमा बनिरहेको भ्याक्सिनको ब्राजिल र दक्षिण अफ्रिकामा मानिसमा ट्रायल शुरु भैसकेको छ ।

अक्सफोर्डको यो भ्याक्सिन बनाउने काममा बेलायतको औषधि बनाउने कम्पनि एस्ट्राजेनेकाले साझेदारी गरेको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार