२०७७ असार १८ बिहीबार, एजेन्सी । अमेरिकामा कोरोनाको कहर नरोकिए पनि कोरोनाबाट मृत्यु हुनेको संख्या तुलनात्मक रुपमा फेरी बढेको छ । सामाजिक दूरी कायम नहुँदा संक्रमितको संख्या भने बढिनै रहेको देखिएको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा ६७४ जनाको मृत्यु भएको छ ।
अहिलेसम्म अमेरिकामा मृत्यु हुनेको संख्या एक लाख ३० हजार ५ सय नाघेको छ । पछिल्लो अपडेट अनुसार अमेरिकामा ५० वटै राज्यमा गरि मृत्यु हुनेको संख्या एक लाख ३० हजार ७८५ पुगेको छ ।
त्यस्तै गरि पछिल्लो २४ घण्टामा अमेरिकामा ५० हजार ८१४ जना संक्रमित पुष्टि भएको छ । योसँगै अमेरिकामा संक्रमितको संख्या २७ लाख ७८ हजार १३० पुगेको छ ।
त्यस्तै अमेरिकामा अहिलेसम्म ११ लाख ५९ हजार ७३४ जना ठिक भएका छन् । त्यस्तै अमेरिकामा अहिले १५ हजार ८८५ आइसीयुमा उपचाररत रहेका छन् ।
न्युयोर्कमा ३२ हजार १३९ जनाको मृत्यु भएको छ । त्यस्तै न्युयोर्कमा संक्रमितको संख्या ४ लाख १८ हजार ५७६ जना संक्रमित भएका छन् । त्यस्तै न्यूजर्सीमा १५ हजार २१३ जनाको मृत्यु भएको छ भने न्यूजर्सीमा अहिलेसम्म एक लाख ७७ हजार २२७ जना संक्रमित भएका छन् । त्यस्तै मसाचुसेट्समा ८ हजार ८१ जनाको ज्यान गएको छ ।
त्यसैगरी इलिनियोइसमा ७ हजार १५२, त्यस्तै पेन्सिलभेनियामा ६ हजार ७४१, मिचिगनमा ६ हजार १९८, क्यालिफोर्नियामा ६ हजार १६३, कोनेक्टीकटमा ४ हजार ३२४, फ्लोरिडामा ३ हजार ५५४, लुसियानामा ३ हजार २३८ जना, मेरिल्याण्डमा ३ हजार २०५, ओहियो २ हजार ९०१, जर्जियामा २ हजार ८२७, इन्डियानामा २ हजार ६५० र टेक्सासमा २ हजार ५३८ जनाको मृत्यु भएको छ ।
ट्रेन्डिङ
दाहाल–नेपालकै नेतृत्वमा नयाँ सरकार बन्छ : भट्टराई
‘ओलीसँग बेइमानीबाहेक कुनै क्षमता छैन’
शाहिद : जाे सय फिल्ममा रिजेक्ट भएका थिए
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल