२०७७ असार १८ बिहीबार, एजेन्सी । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ४३४ जनाको मृत्यु भएको छ ।
योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या १७ हजार ८३४ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १९ हजार १४८ जना संक्रमित पुष्टि भएको छ ।
योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ६ लाख नाघेको छ । भारतमा कुल संक्रमित ६ लाख ४ हजार ६४१ पुगेको छ ।
यसका साथै भारत धेरै संक्रमित हुने देशको सुचीमा अमेरिका, ब्राजिल र रसियापछि चौथो स्थानमा रहेको छ ।
भारतमा अहिलेसम्म ३ लाख ५९ हजार ८५९ जना ठिक भएका छन् भने २ लाख २६ हजार ९४७ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।
त्यसैगरी विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ८ लाख ९ हजार ४४७ पुगेको छ भने मृतकको संख्या ५ लाख १९ हजार ४६ पुगेको छ ।
त्यस्तै विश्वभर ६० लाख ३२ हजार १९१ जना कोरोना संक्रमित ठिक भएका छन् ।
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो