६ दिनदेखि ‘सत्याग्रह’ मा बस्दै आएका ई: लाई लगियो अस्पताल

२०७७ असार १८ बिहीबार, काठमाडौं । कोरोना भाइरस नियन्त्रणमा सरकारले चालेको कदम प्रभावकारी नभएको आरोप लगाउँदै पाटनमा सत्याग्रहमा बसेका ई: लाई अस्पताल लगिएको छ।

गत शुक्रवारदेखि पाटनको कृष्ण मन्दिर अगाडी रहेको मणि मण्डपमा सत्याग्रहमा बसेका ई: को स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको हो।

यसअघि, अनुसनमा बस्दै आएका सुभानी सिजापति र सुदन गुरुङलाई समेत अस्पताल लगिएको थियो।

सामाजिक संजालमा इनफ इज इनफ नाममा सक्रिय युवाहरुको समूहले सरकारले कोरोना नियन्त्रणमा प्रभावकारी कदम चाल्न नसकेको भन्दै विरोध गर्दै आइरहेका छन्। तर सरकारले आफूहरुको माग पूरा गर्ने प्रयास नगरेको भन्दै युवाहरु अनसनमा बसेका हुन्।

उनीहरुले कोरोना परीक्षणमा पीसीआर लागू गर्न, आरडीटी बन्द गर्न र क्वारेन्टाइनको व्यवस्थापन गर्न सरकार समक्ष माग गरेका छन्।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार