२०७७ असार १९ शुक्रबार, एजेन्सी । इङलिश प्रिमियर लिग विजेता लिभरपुललाई म्यानचेस्टर सिटीले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा सिटीले लिभरपुलमाथि ४-० को जित हासिल गरेको हो ।
सिटीको जितमा केभिन डि ब्रुने, रहीम स्टरलिन र फिल फोडेनले एक एक गोल गरेका थिए भने एक गोल एलेक्स च्याम्बरलिनले आत्मघाती गोल गरेका थिए । यो लिभरपुलको यस सिजनमा दोस्रो हार हो ।
यो जितपछि सिटीले भने तेस्रो स्थानमा रहेको लेस्टर सिटीमाथि ११ अंकको अग्रता हासिल गरेको छ । सिटीको ३२ खेलमा ६६ अंक भएको छ भने उपाधि जितेको लिभरपुलको ३२ खेलमा ८६ अंक रहेको छ ।
त्यस्तै तेस्रो स्थानमा रहेको लेस्टरको ३२ खेलमा ५५ अंक रहेको छ ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
दाहाल–नेपालकै नेतृत्वमा नयाँ सरकार बन्छ : भट्टराई
‘ओलीसँग बेइमानीबाहेक कुनै क्षमता छैन’
शाहिद : जाे सय फिल्ममा रिजेक्ट भएका थिए
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल