२०७७ असार १९ शुक्रबार, एजेन्सी । स्पेनिस ला लिगामा रियल म्याड्रिड विजयी भएको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले गेटाफेलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
रियल म्याड्रिडको जितमा सर्जियो रामोसले खेलको एक मात्र गोल गरेका हुन् । खेलको ७९औ मिनेटमा रामोसले पेनाल्टी गोल गरेका हुन् ।
यो जितपछि रियल म्याड्रिडले ला लिगामा बार्सिलोनामाथि स्पस्ट ४ अंकको अग्रता कायम गरेको छ । ला लिगा जित्ने अभियानमा रियल म्याड्रिडको यो जितलाई एक महत्वपूर्ण जितको रुपमा लिन सकिन्छ ।
लिगमा रियलको अब ३३ खेलमा ७४ अंक भएको छ भने बार्सिलोनाको ७० अंक रहेको छ ।
त्यस्तै गेटाफेको भने लिगमा ३३ खेलपछि ५२ अंकसहित छैठौ स्थानमा रहेको छ ।
अब रियल म्याड्रिडले आगामी आइतबार एथलेटिक बिल्बाओविरुद्ध खेल्दै छ भने बार्सिलोनाले आइतबार राति भिल्ला रियलविरुद्ध खेल्दै छ ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो