कानपुरमा अन्धाधुन्ध गोली प्रहार, ८ सुरक्षकर्मीको मृत्यु

२०७७ असार १९ शुक्रबार, एजेन्सी । भारतको कानपुरमा भएको अन्धाधुन्ध गोली प्रहारबाट ८ सुरक्षकर्मीको मृत्यु भएको छ ।

भारतीय समाचार एजेन्सी एएनआइले मृत्यु हुनेमा एक सहायक एसपी समेत रहेको जनाएको छ ।

घटनामा चार प्रहरी घाइते भएका छन् । कानपुरको चौबेपुरको बिकरु गाउँमा सो घटना भएको बताइएको छ ।

प्रहरीले सूचनाका आधारमा एक घरमा छापा पार्न जानेक्रममा प्रहरीमाथि अन्धाधुन्ध गोली प्रहार भएको बताइएको छ । घर भित्र र छतबाट गोली प्रहार भएपछि प्रहरीमा ठुलो क्षति भएको बताइएको छ ।

घटनाप्रति दुख व्यक्त गर्दै उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले अपराधीहरुविरुद्ध कडा एक्सन लिन निर्देशन दिएका छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार