अमेरिकामा मृत्यु हुनेको संख्या एक लाख ३१ हजार ४१७ पुग्यो

२०७७ असार १९ शुक्रबार, एजेन्सी । अमेरिकामा कोरोनाको कहर नरोकिएपनि कोरोनाबाट मृत्यु हुनेको संख्या तुलनात्मक रुपमा फेरी बढेको छ । तर सामाजिक दूरी कायम नहुदा संक्रमितको संख्या भने बढिनै रहेको देखिएको छ ।

पछिल्लो २४ घण्टामा अमेरिकामा ६३२ जनाको मृत्यु भएको छ ।  अहिलेसम्म अमेरिकामा मृत्यु हुनेको संख्या एक लाख ३१ हजार नाघेको छ । पछिल्लो अपडेट अनुसार अमेरिकामा ५० वटै राज्यमा गरि मृत्यु हुनेको संख्या एक लाख ३१ हजार ४१७ पुगेको छ ।

त्यस्तै गरि पछिल्लो २४ घण्टामा अमेरिकामा ५५ हजार ५५६ जना संक्रमित पुष्टि भएको छ । योसँगै अमेरिकामा संक्रमितको संख्या २८ लाख ३३ हजार ६८६ पुगेको छ ।

त्यस्तै अमेरिकामा अहिलेसम्म ११ लाख ८८ हजार ३७५ जना ठिक भएका छन् । त्यस्तै अमेरिकामा अहिले १५ हजार ८९७ जना आइसीयुमा उपचारत रहेका छन् । अमेरिकामा अहिलेसम्म न्युयोर्कमा मात्र मृत्यु हुनेको संख्या ३२ हजार नाघेको छ । न्युयोर्कमा ३२ हजार १६५ जनाको मृत्यु भएको छ । त्यस्तै न्युयोर्कमा संक्रमितको संख्या ४ लाख १९ हजार ६१० जना संक्रमित भएका छन् ।

त्यस्तै न्यूजर्सीमा १५ हजार २१८ जनाको मृत्यु भएको छ भने न्यूजर्सीमा अहिलेसम्म एक लाख ७७ हजार ६५४ जना संक्रमित भएका छन् । त्यस्तै मसाचुसेट्समा ८ हजार १३२ जनाको ज्यान गएको छ ।

त्यस्तैगरि इलिनियोइसमा ७ हजार १८८, त्यस्तै  पेन्सिलभेनियामा ६ हजार ७६४, मिचिगनमा ६ हजार २१२, क्यालिफोर्नियामा ६ हजार २०४, कोनेक्टीकटमा ४ हजार ३२६, फ्लोरिडामा ३ हजार ६१८, लुसियानामा ३ हजार २६२ जना, मेरिल्याण्डमा ३ हजार २१२, ओहियो २ हजार ९१०, जर्जियामा २ हजार ८४९, इन्डियानामा २ हजार ६६२ र टेक्सासमा २ हजार ५७७ जनाको मृत्यु भएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार