ब्राजिलमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६२ हजार नजिक

२०७७ असार १९ शुक्रबार, एजेन्सी । ल्याटिन अमेरिकी देश ब्राजिलमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६२ हजार नजिक पुगेको छ। वर्ल्डमिटरका अनुसार ब्राजिलमा कोरोनाका कारण हालसम्म ६१ हजार ९ सय ९० पुगेको छ

बाजिल कोरोनाबाट सर्वाधिक प्रभावित हुने अमेरिकापछि विश्वको दोश्रो मुलुक हो। हालसम्म त्यहाँ १५ लाख बढी मानिसमा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ। कोरोनाबाट ब्राजिलका दुई ठूला शहर साओ पाउलो र रियो दि जेनेरियो सर्वाधिक प्रभावित बनेका छन्।

ब्राजिलका अन्य शहरमा कोरोनाको परीक्षण कम रहेकाले संक्रमितको संख्या सार्वजनिक भएभन्दा धेरै हुनसक्ने स्वास्थ्य विज्ञहरूले बताउँदै आएका छन्।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार