चर्चित कोरियोग्राफर सरोज खानको निधन

२०७७ असार १९ शुक्रबार, एजेन्सी । बलिवुडकी चर्चित कोरियोग्राफर (नृत्य निर्देशक) सरोज खानको निधन भएको छ । गएराती १ बजेर ५२ मिनेट जादा उनको निधन भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

७१ बर्षिय कोरियोग्राफर खान केहि दिनदेखि स्वास्थ्य बिग्रिएपछि अस्पतालमा भर्ना भएकी थिइन् । उनको हृदयघातबाट निधन भएको बताइएको छ । श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना भएकी सरोजको कोरोना परिक्षण समेत गरिएकोमा रिपोर्ट निगेटिभ आएको थियो ।

सरोज खान भारतीय सिनेमा क्षेत्रकी वरिष्ठ कोरियोग्राफर हुन् । उनले २ हजार भन्दा बढी गीतमा नृत्य निर्देशनको काम गरेकी छन् । उनले ३ बर्षको उमेर देखिनै बाल कलाकारको रुपमा काम गर्न शुरु गरेकी थिइन् । ५० को दशकमा ब्याकराउण्ड डान्सरको रुपमा आफ्नो क्यारियर शुरु गरेकी सरोजले १९७४ मा पहिलो पटक स्वतन्त्र कोरियोग्राफरको रुपमा गीता मेरा नाम फिल्ममा काम गरेकी थिइन् ।

उनले मिस्टर इंडिया, नगीना, चादनी, तेजाब, थानेदार, बेटा जस्ता फिल्ममा नृत्य निर्देशन गरेकी थिइन् । उनलाई बलिवुडमा माधुरी दिक्षित र श्रीदेवी जस्ता अभिनेत्रीलाई नृत्यमा स्थापित गरेको जस जाने गर्दछ ।

बलिवुडमा यस बर्ष धेरै ठुला कलाकारको निधन हुने क्रमजारी रहेको छ । यस बर्षमात्र बलिवुडले इमरान खान, ऋषि कपुर,वाजिद खान र सुशान्त सिंह राजपुतलाई गुमाएको पछि फेरी सरोज खानलाई गुमाएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार