भारतमा एकै दिन २० हजार संक्रमित

२०७७ असार १९ शुक्रबार, काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ३७९ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या १८ हजार २१३ पुगेको छ ।त्यस्तै पछिल्लो २४ घण्टामा २० हजार ९०३ जना संक्रमित पुष्टि भएको छ । यो संख्या एकै दिन संक्रमण पुष्टि भएको अहिलेसम्मको सबै भन्दा बढी हो । योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ६ लाख नाघेको छ । भारतमा कुल संक्रमित ६ लाख २५ हजार ५४४ पुगेको छ ।यसका साथै भारत धेरै संक्रमित हुने देशको सुचीमा अमेरिका, ब्राजिल र रसियापछि चौथो स्थानमा रहेको छ । भारतमा अहिलेसम्म ३ लाख ७९ हजार ८९२ जना ठिक भएका छन् भने २ लाख २७ हजार ४३९ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

त्यसैगरी विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ९ लाख ८५ हजार ६५६  पुगेको छ भने मृतकको संख्या ५ लाख २४ हजार ८८ पुगेको छ ।त्यस्तै विश्वभर ६१ लाख ४० हजार ८२७ जना कोरोना संक्रमित ठिक भएका छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार