कुवेतबाट फर्केको निगमको जहाज अवतरणको क्रममा चरासँग ठोक्कियो

२०७७ असार १९ शुक्रबार, काठमाडौं ।  नेपाल वायु सेवा निगमको जहाज चरासँग ठोक्किएको छ। कुवेतबाट आएको ए३३०—२०० नामक ९ एनएलजेड कलसाइनको (मकालु) जहाज अवतरणको क्रममा चरासँग ठोक्किएको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्।

चरा ठोक्किएको जहाजमा खासै क्षति नपुगेपनि जहाज ग्राउन्डेड भएको छ। उत्पानकसँग छलफल गरी आवश्यक मर्मतपछिमात्र उक्त जहाज उडान गर्ने खड्काले बताइन्।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार