सुनचाँदीको मुल्य घट्यो

२०७७ असार १९ शुक्रबार, काठमाडौं । शुक्रबार सुनचाँदीको मुल्य घटेको छ । नपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनमा प्रतितोला ५ सयले घटेको छ ।

महासंघका अनुसार आज छापवाला सुनको प्रतितोला ९० हजार ५ सयमा कारोबार भइरहेको छ ।यस अघि विहिबार भने सुन तोलामा ९१ हजारमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुन प्रति तोला ९० हजार ६५ मा कारोबार भइरहेको छ ।

त्यस्तै शुक्रबार चाँदीको मुल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १० रुपैयाले घटेर ९४० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार