नेप्से १२ सय ५६ अंकमा

२०७७ असार १९ शुक्रबार, काठमाडौं । यो साता नेप्से १२ सय ५६ दसमलव ११ अंकमा पुगेर रोकिएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि दुई सय ६९ दसमलव तीन अंकमा पुगेर रोकिएको छ ।

यस साता नेप्सेको नियमित कारोवार कक्ष चार दिन मात्र खुल्ला रहेको थियो । सो मध्ये दोस्रो कारोवार दिन नेप्से उच्च अंकले घटेको थियो भने तेस्रो र चौथो दिन नेप्से उच्च अंकले बढेको थियो । पाँचौ दिन भने नेप्से पुन: उच्च अंकले घटेको थियो ।सोही आधारमा भने यो साता नेप्सेमा एक सय ४७ वटा कम्पनीहरुको २२ हजार ८७ वटा कारोवार भएकाछन । जसअनुसार ४० लाख ९६ हजार छ सय दुई कित्ता सेयर खरिद बिक्री हुँदा कारोवार रकम एक अर्ब ५९ करोड ६५ लाख ३५ हजार ३९ रुपैयाँ पुगेको छ ।

यस साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, नेपाल पुर्नबीमा कम्पनी, एनएआईसी एशिया बैंक आदि परेकाछन भने कारोवार भएको सेयर संख्याको आधारमा पनि नेपाल पुर्नबीमा कम्पनी, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदि परेकाछन ।

बजार पुंजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतका कम्पनीहरु अगाडि परेकाछन । नेप्सेका अनुसार यस साता सिर्जना फाईनान्स, आरएसडिसी लघुबित्त बित्तीय संस्था, सिन्धु बिकास बैंक, सानिमामाई हाईड्रो पावर कम्पनी, कुमारी बैकको ऋणपत्र आदि नियमित कारोवारका लागि नेप्सेमा सुचीकृत भएकाछन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार