२०७७ असार १९ शुक्रबार, काठमाडौं । एक अर्कालाई आरोप लगाउनका लागि सामाजिक सञ्जालको प्रयोग गरिरहेको बेला भूवनले साम्राज्ञीविरुद्ध नेपाल कलाकार संघमा उजुरी दिएका छन् ।
‘हरेक कथाको अरुको, आफ्नो र सत्यको गरी तीनवटा पाटा हुन्छन् । सत्य अब नेपाल कलाकारसंघ र कानूनले नै फैसला गर्ने हुँदा यससम्बन्धी छानबिनका लागि मैले नेपाल चलचित्र कलाकार संघमा निवेदन दिइसकेको छु’, भुवनले उजुरीको पत्रसहित सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।
साम्राज्ञीले पटकपटक इन्स्टाग्राममा भिडियो पोष्ट गर्दै फिल्म क्षेत्रमा काम गर्ने क्रममा आफूमाथि दुर्व्यवहार भएको हुँदा कानूनी परामर्श लिने बताएकी थिइन् ।
उनको भिडियो सार्वजनिक भएको केही घण्टा नबित्दै भुवन केसीले साम्राज्ञीलाई सम्बोधन गर्दै फसबुकमा चेतावनीसमेत दिएका थिए ।
भुवनले फिल्म चलेको ३ वर्षपछि आएर आफूलगायत अरु निर्माताहरूलाई झुठा आरोप र गाली गलौज गरेको देख्दा आश्चर्य लागेको बताए ।
झुटो आरोप तथा लान्छना लगाउने काम गरे साइवर कानून र मानहानीसम्बन्धी कानूनको प्रयोग गरी आफूलाई पुग्न गएको मानसम्मानको हानी-नोक्सानी क्षतिपूर्ति तिराउने र कानूनबमोजिमको सजायको भागेदारी गराउने चेतावनी दिएका हुन् ।
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो