२०७७ असार १९ शुक्रबार, काठमाडौं । संगीतकार अर्जुन पोखरेलले गायिका दुर्गा खरेलसँग विवाह गरेका छन् । शुक्रबार परिवारका सदस्य र सीमित आफन्तको उपस्थितिमा मन्दिरमा विहे भएको हो । आज मात्रै उनिहरु विच बुढानिलकन्ठमा बिवाह भएकाे हाे ।
नेपाली चलचित्र एवं आधुनिक संगीतका चर्चित एवं सफल संगीतकार अर्जुन पोखरेल एवं स्थापित भइसकेकी गायिका दुर्गा खरेलका बिचमा केहि समय अघिदेखिनै प्रेम प्रसंगका बारेमा चर्चा चलेकाे थियाे । उनीहरुले आफ्नाे प्रेम प्रसङ्ग सार्वजनिक भने गरेका थिएनन् । अर्जुन पोखरेलले काठमाडौंको पुतलिसडकमा लामो समयदेखि अनुराग संगीत विद्यालय संचालन गरिरहेका छन् ।
दुर्गा खरेलले अर्जुन पोखरेलको संगीतमा पनि प्रशस्त गीतहरु गाएकी छन् । गायिका दुर्गा खरेल झापाकी हुन् । नेपाली सांगीतिक रियालिटि शो नेपाली ताराबाट सांगितिक क्षेत्रमा प्रवेश गरेकी दुर्गा खरेलले पनि आधुनिक एवं चलचित्रका गीतहरु गाएकी छिन् । दुर्गा संगीत सिक्नकालागि अनुराग संगीत पाठशाला आएपछि अर्जुनसँगको सामिप्यता बढेको थियो ।
उनीहरु वैशाखमा नै विहे गर्ने तयारीमा भए पनि लकडाउनका कारण आजमात्रै हुन पायो।
ट्रेन्डिङ
किन मनाइन्छ घोडेजात्रा ?
चेन्नाईविरुद्ध दिल्लीको जित
तीन साता विद्यालय, राति १० बजेपछि व्यवसाय बन्द गर्ने तयारी
गल्ती स्वीकार गरे ओलीलाई कार्यकर्ताले माफी दिन्छन् : माधव नेपाल
गृहमन्त्री थापा माओवादीबाट निष्कासित