२०७७ असार १९ शुक्रबार, एजेन्सी । चर्चित क्रिम ‘फेयर एन्ड लभ्ली’ले आफ्नो नाम परिवर्तन गरेको छ । यसले आफ्नो नामबाट फेयर शब्द हटाएर ‘ग्लो एन्ड लभ्ली’ नाम राखेको हो ।
बिहीबार युनिलिभर कम्पनीले आफ्ना क्रिमबाट फेयरनेस, ह्वाईटनिङ जस्ता शब्दहरू हटाएर ‘ग्लो एन्ड लभ्ली’ र पुरूषले प्रयोग गर्नेको नाम ‘ग्लो एन्ड ह्यान्सम’ राखेको हो।
पछिल्लो समय चलेको ‘ब्ल्याक लाइभ्स म्याटर’ अभियानका बीच युनिलिभरले आफ्ना क्रिममा प्रयोग हुँदै आएका ‘फेयरनेस’, ‘लाइटनिङ’, ‘ह्वाइटनिङ’ जस्ता विभेदपूर्ण शब्द हटाउने निर्णय गरेको थियो।
गत मे २५ मा अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोयडलाई नियन्त्रणमा लिन मिनिसोटाका एक प्रहरी अधिकारीले घाँटीमा घुँडाले थिचेका थिए। फ्लोयडले सास फेर्न नसकेको बताए पनि प्रहरीले नछाडेपछि उनको ज्यान गएको थियो।
उक्त भिडिओ सार्वजनिक भएदेखि अमेरिकामा नश्लभेदविरूद्धको आन्दोलन चर्किएको थियो। आन्दोलनका क्रममा दासप्रथासँग सम्बन्धित केही सालिकहरू पनि ढलाइएका थिए।
ट्रेन्डिङ
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’