धनुषामा स्थानीयबीच झडप, अवस्था नियन्त्रणमा लिन प्रहरीद्वारा हवाई फायर

२०७७ असार १८ बिहीबार, धनुषा । धनुषामा बर्थिङ सेन्टर निर्माणको विषयमा विवाद भएपछि प्रहरीले ६ राउन्ड अश्रु ग्यास र २ राउन्ड हवाई फायर गरेको छ। शुक्रबार विदेह नगरपालिका-२ दुहबीस्थित स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर निर्माण विषयमा स्थानीयबीच झडप भएपछि अवस्था नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको हो ।

झडपमा २ जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पतालमा भर्ना गरिएको प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रमेश बस्नेतका अनुसार दुहबी र गोबराहीको स्थानीयबीच झडप हुँदा प्रहरीले स्थिति नियन्त्रण गर्न हवाई फायर गरेको हो। बर्थिङ सेन्टर बनाउने विषयमा २ दिनदेखि विवाद हुँदै आएको थियाे । त्यसैक्रममा शुक्रबार बिहान दुई पक्षबीच झडप भएको एसपी बस्नेतले बताए।

अवस्था नियन्त्रणमा लिन प्रहरी पुगेपछि दुहबी सिमा प्रहरी चौकीमा समेत स्थानीयले ढुंगामुढा गरेको प्रहरीले जानएको छ।

दुहबी र गोबराहीका स्थानीय एक अर्कामाथि आक्रमण गर्न थालेपछि घटना स्थलमा जिल्ला प्रहरी कार्यालयबाट थप टोली पठाइएको छ। शुक्रबार बिहानैदेखि सिमावर्ती दुहबी गोबराही तनावग्रस्त बनेको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार