काठमाडौं नयाँ बानेश्वरका एक जनाको कोरोना संक्रमणका कारण मृत्यु

२०७७ असार १९ शुक्रबार, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण काठमाडौं नयाँ बानेश्वरका एक जनाको मृत्यु भएको छ।

उच्च रक्तचाप र पार्किन्सनका बिरामी रहेका उनको एक निजी अस्पतालमा निधन भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

मृत्यु भएका ८५ वर्षीय पुरुषलाई छाती दुख्ने र पिसाब पोलेपछि काठमाडौंकै एक नीजि अस्पताल लगिएकोमा असार १७ गते राति ११ बजे मृत्यु भएको मन्त्रालयले जनाएको हो । आइसियुमा राखेर उपचारका क्रममा उनको मृत्यु भएको जनाइएको छ।

मृतकमा उच्च रक्त र पार्किसन रोग थियो। यससँगै कोरोनाका कारण देशभर ३२ जनाको मृत्यु भएको छ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार