प्रेम जोडीले नहरमा हाम फाले

२०७७ असार १९ शुक्रबार, कञ्चनपुर । कञ्चनपुरमा प्रेम जोडीले नहरमा हाम फालेका छन्।

शुक्रबार दिउँसो १२ बजेतिर भीमदत्त नगरपालिका वडा नम्वर २ उल्टाखामका २३ वर्षीय राकेश चौधरीसँगै महुलियाकी २२ वर्षीया रेणु चौधरीले नहरमा हाम फालेको प्रहरीले जनाएको छ।

रेणुलाई उद्धार गरी उपचारका लागि महाकाली अस्पताल लगिएको छ भने राकेशको खोजी भइरहको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अम्मर थापाले बताए ।
उनीहरुको केही वर्षअघिबाट प्रेम सम्बन्ध रहेको बुझिएको छ। थप अनुसन्धान भइरहेको थापाले बताए ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार