२०७७ असार २० शनिबार, एजेन्सी । गलवान उपत्यकामा भारत र चीनबीच सीमा विवादको विषय चर्किँदै जाँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रवार लद्दाख पुगे। त्यहाँ पुगेर मोदीले आफ्नो भ्रमणको कुटनीतिक, राजनीतिक र आर्थिक महत्व रहेको बताउँदै कसैले पनि भारतको जमिनमा कब्जा गर्ने विचार राखेको भए त्याग्न भने।
सम्बोधन गर्दै मोदीले चीनको नाम नलिइ विस्तारवादी नीतिको विरोध गरे तर वार्ताको ढोका खुल्लै रहेको बताए।
मोदीले चीनलाई लक्षित गर्दै विस्तारवादी भनेपछि चीनले पनि प्रतिक्रिया दिएको छ। भारतस्थित चिनियाँ राजदूतावासका प्रवक्ता जी रोङले ट्वीट गर्दै चीनलाई विस्तारवादी आँखाले हेर्नुको कुनै आधार नभएको बताएकी छिन्।
उनले चीनले संवादबाट छिमेकीहरुसँग सीमा विवाद समाधान गरेको भन्दै विस्तारवादी आरोप लगाएर समस्यालाई मोड्ने प्रयास भएको दाबी गरेकी छिन्।
गत १५ जुनमा गलवानमा भारतीय र चिनियाँ सेनाबीच हिंस्रक झडप हुँदा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो।
ट्रेन्डिङ
शाहिद : जाे सय फिल्ममा रिजेक्ट भएका थिए
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’