एटलेटिको म्याड्रिडको जितमा मोराटाको दुई गोल

२०७७ असार २० शनिबार, एजेन्सी । स्पेनिस ला लिग अन्तर्गत एटलेटिको म्याड्रिड विजयी भएको छ । गएराती सम्पन्न खेलमा एटलेटिकोले मल्लोर्कालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

एटलेटिकोको जितमा अल्भारो मोराटाले दुई गोल गरेका थिए भने कोकेले एक गोल गरेका थिए ।

अघिल्लो खेलमा बार्सिलोनालाई २-२ गोलको बराबरीमा रोकेको एटलेटिकोले यो खेल जितेर आफुलाई यस सिजनमा तेस्रो स्थानमा उभ्याउने अभियानमा यो जित हासिल गरेको छ ।

एटलेटिकोको योजितपछि ३४ खेलमा ६२ अंक भएको छ । दोस्रो स्थानको बार्सिलोना भने ८ अंकले पछाडी रहेको छ भने शिर्ष स्थानमा रहेको रियल म्याड्रिडभन्दा १२ अंकले पछाडी रहेको छ ।

त्यसति मल्लोर्काको भने ३४ खेलमा २९ अंक छ र लिगमा १८औ स्थानमा रहेको छ ।

अब एटलेटिकोले बुधबार राति सेल्टा भिगोसँग खेल्ने तालिका रहेको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार