अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ३२ हजार नाघ्यो

२०७७ असार २० शनिबार, एजेन्सी । अमेरिकामा कोरोनाको कहर नरोकिएपनि कोरोनाबाट मृत्यु हुनेको संख्या तुलनात्मक रुपमा फेरी बढेको छ । तर सामाजिक दूरी कायम नहुदा संक्रमितको संख्या भने बढिनै रहेको देखिएको छ ।

पछिल्लो २४ घण्टामा अमेरिकामा ६८४ जनाको मृत्यु भएको छ । अहिलेसम्म अमेरिकामा मृत्यु हुनेको संख्या एक लाख ३२ हजार नाघेको छ । पछिल्लो अपडेट अनुसार अमेरिकामा ५० वटै राज्यमा गरि मृत्यु हुनेको संख्या एक लाख ३२ हजार १०१ पुगेको छ ।

त्यस्तै गरि पछिल्लो २४ घण्टामा अमेरिकामा ५६ हजार ७२९ जना संक्रमित पुष्टि भएको छ । योसँगै अमेरिकामा संक्रमितको संख्या २८ लाख ९० हजार ४१५ पुगेको छ । त्यस्तै अमेरिकामा अहिलेसम्म १२ लाख १० हजार ८०६ जना ठिक भएका छन् । त्यस्तै अमेरिकामा अहिले १५ हजार ९२८ जना आइसीयुमा उपचारत रहेका छन् । अमेरिकामा अहिलेसम्म न्युयोर्कमा मात्र मृत्यु हुनेको संख्या ३२ हजार नाघेको छ ।

न्युयोर्कमा ३२ हजार १९२ जनाको मृत्यु भएको छ । त्यस्तै न्युयोर्कमा संक्रमितको संख्या ४ लाख २० हजार ७७४ जना संक्रमित भएका छन् । त्यस्तै न्यूजर्सीमा १५ हजार २७० जनाको मृत्यु भएको छ भने न्यूजर्सीमा अहिलेसम्म एक लाख ७६ हजार ४५५ जना संक्रमित भएका छन् । त्यस्तै मसाचुसेट्समा ८ हजार १४९ जनाको ज्यान गएको छ ।

त्यस्तैगरि इलिनियोइसमा ७ हजार २१५, त्यस्तै  पेन्सिलभेनियामा ६ हजार ७९७, क्यालिफोर्नियामा ६ हजार ३१४, मिचिगनमा ६ हजार २१५, कोनेक्टीकटमा ४ हजार ३३५, फ्लोरिडामा ३ हजार ६८६, लुसियानामा ३ हजार २८३ जना, मेरिल्याण्डमा ३ हजार २२३, ओहियो २ हजार ९३२, जर्जियामा २ हजार ८५६, इन्डियानामा २ हजार ६८१ र टेक्सासमा २ हजार ६२१ जनाको मृत्यु भएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार