२०७७ असार २० शनिबार, एजेन्सी । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड १० लाख नाघेको छ।
जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार विश्वमा संक्रमितको संख्या १ करोड १० लाख ३७ हजार ६ सय २५ पुगेको हो। संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख २३ हजार ७ सय ७७ पुगेको छ।
सबैभन्दा बढी प्रभावित अमेरिकामा २७ लाख ८८ हजार ३ सय ९५ संक्रमित पुगेका छन् भने १ लाख २९ हजार ४ सय ५ जनाको मृत्यु भइसकेको छ।
यस्तै, ब्राजिलमा १५ लाख ३९ हजार ८१ संक्रमित र ६१ हजार ८ सय ८४ मृत्यु, रुसमा ६ लाख ६६ हजा ९ सय ४१ संक्रमित र ९ हजार ८ सय ४४ मृत्यु तथा भारतमा ६ लाख २५ हजार ५ सय ४४ र १८ हजार २ सय १३ जनाको मृत्यु भएको छ।
संक्रमितको संख्याका हिसाबले पेरु र चिलीले बेलायतलाई समेत पछाडि पारेका छन्। पेरुमा २ लाख ९५ हजार ५सय ९९ र चिलीमा २ लाख ८८ हजार ८९ संक्रमित पुगेका छन् भने बेलायतमा २ लाख ८५ हजार ७ सय ८७ संक्रमित पुगेका छन्।
विश्वभर कोरोनाबाट निको हुनेको संख्या ५८ लाख ३४ हजार ३ सय ३७ पुगेको छ।
ट्रेन्डिङ
शाहिद : जाे सय फिल्ममा रिजेक्ट भएका थिए
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’