खराब मुलुकको सूचीमा नेपाल शीर्ष ६० भित्र

२०७७ असार २० शनिबार, एजेन्सी । हिजो एकै दिन ७ सयभन्दा धेरै संक्रमित फेला परेपछि नेपाल कोभिड १९ का कारण खराव अवस्था झेलिरहेका मुलुकको सूचीमा थप एक कदम अगाडि बढेको छ। नेपालमा १५ हजार २ सय ५९ जना संक्रमित संख्या पुग्दा अल्जेरियालाई उछिनेको छ।

यसअघि मोरक्को, दक्षिण कोरिया र डेनमार्कलाई पछि पारेको नेपालले अब सर्बियालाई छिट्टै उछिन्ने देखिन्छ। खराब मुलुकको सूचीमा नेपाल अहिले ६० औं स्थानमा छ। १५ हजार ७० जना संक्रमित रहेको अल्जेरियालाई नेपालले हिजोमात्र उछिनेको हो। सर्बियामा अहिले १५ हजार ५ सय ४ जना संक्रमित रहेका छन्। त्यसभन्दा अगाडि मोल्दोभा रहेको छ जहाँ संक्रमितको संख्या १७ हजार ४ सय ४५ रहेका छन्। त्यसभन्दा अगाडि अस्ट्रिया रहेको छ जहाँ १८ हजार ५० जना संक्रमित रहेका छन्।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार