पहिरोमा परहेकाहरुको उद्धारमा हिँडेको सेनाको गाडी नै पहिरोमा

२०७७ असार २० शनिबार, बझाङ । बझाङको केदारस्युँ गाउँपालिकामा गएको पहिरोमा परेकाहरुको उद्धारका लागि हिँडेको सेनाको गाडी नै पहिरोमा परेको छ । घटनास्थल नजिकै पुगेको सेनाको गाडी माथिबाट खसेको पहिरोमा पर्दा ३ जना घाइते भएका छन् ।

शुक्रबार अविरल वर्षासँगै गाउँपालिकाको वडा नम्बर ८ स्थित मल्लेस गाउँमा पहिरो खस्दा पुरिएर ३ जनाको मृत्यु भएको छ भने ४ जना अझै बेपत्ता छन् ।

पहिरोले १७ घर पुरिएका छन् । घरहरु पुरिएपछि गाउँमा बसोबास गर्ने मानिसहरुको बिचल्ली भएको छ । पहिरोले घर पुरिएको खबर पाउनसाथ घटनास्थलतर्फ गएको सैनिक सवारी गाडी नै पहिरोमा परेको हो ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार