हिन्दुराष्ट्र कायम गर्नुपर्ने माग गर्दै जनकपुरमा राष्ट्रवादी समूहको प्रदर्शन

२०७७ असार २० शनिबार, जनकपुर । नेपाल राष्ट्रवादी समूहले हिन्दुराष्ट्र स्थापना गर्नुपर्ने मागगर्दै जनकपुरमा प्रदर्शन गरेको छ ।

शनिवार जनकपुरको जनक चोकबाट सुरु भएको प्रदर्शन नगरको विभिन्न भागको परिक्रमा गर्दै पुनः जनक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो।

राष्ट्रिय सभाका पूर्व सदस्य कारीप्रसाद यादवको अगुवाईमा जनकपुरधाम नगरको प्रदर्शन गरेको हो।

मुलुकमा नेताहरुको कारण मुलुक नै खतरामा परेको भन्दै नेपालमा हिन्दू राष्ट्र स्थापना गरी कायम गर्नुको विकल्प नरहेको नेपाल समूहका अगुवा यादवले बताए।

उनले देशलाई हिन्दू राष्ट्र घोषणा गर्नु आजको आवश्यकता रहेको उल्लेख गरे।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार