टिपर दुर्घटना हुँदा दुईकोे मृत्यु

२०७७ असार २० शनिबार, प्युठान । प्युठानमा टिपर दुर्घटना हुँदा दुई जनाकोे मृत्यु भएको छ । आज बिहान भएको दुर्घटनामा टिपर चालक ३० वर्षीय रोशन थापा र सहचालक ३५ वर्षीय झगबहादुर पुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताउनुभयो ।

सरुमारानी गाउँपालिका वडा नं ६ मोतीपुरमा नौबहिनी गाउँपालिका वडा नं ८ लुफ्लुङबाट दाङको कालाकाटेतर्फ चुनढुङ्गा लिएर जाँदै गरेको ना ७ ख ८९३८ नं को टिपर दुर्घटना हुँदा उक्त हताहती भएको हो ।

रासस

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार