ब्राजिलका राष्ट्रपतिद्वारा मास्क लगाउन अनिवार्य कानुनका विरुद्ध भिटो प्रयोग

२०७७ असार २० शनिबार, एजेन्सी ।  ब्राजिलका राष्ट्रपति जैर बोलसोनारोले देशमा सार्वजनिक ठाउमा मास्क लगाउन अनिवार्य नहुने कानुन ल्याएका छन् ।

राष्टपति बोलसोनारोले ल्याएको नयाँ कानुन अनुसार अब सार्बजनिक स्थान पसल, विद्यालय र चर्चमा मास्क लगाउन अनिवार्य नहुने भएको छ ।राष्ट्रिपतिले यस अघि मास्क अनिवार्य रहेको कानुनको विरुद्धमा भिटो प्रयोग गरेर नयाँ कानुन ल्याएको बिबिसीले जनाएको छ ।अब ब्राजिलको कंग्रेसले राष्ट्रपतिको यो भिटोलाई समर्थन या विरोध गर्न ३० दिनको समय हुने बताइएको छ ।

पछिल्लो महिना मात्र एक अदालतले राष्ट्रपति बोलसोनारोलाई मास्क अनिवार्य लगाउन निर्देशन दिएको थियो । तर राष्ट्रपतिले अदालतको आदेशको पालना भने कहिल्लै गरेनन् । केहि दिनमै अर्को अदालतले सो आदेशलाई रोकिदिएको थियो ।राष्ट्रपतिले कोरोनाविरुद्ध मास्क, सामाजिक दुरी आवश्यक नरहेको बताउदै आएका छन् । यसैबीच रियो द जेनेरियोमा गत विहिबारदेखि बारहरु खोल्ने अनुमति दिइएको छ । रियो द जेनेरियोमा मात्र अहिलेसम्म ६६ सय भन्दा बढीको मृत्यु भएको छ ।

ब्राजिलमा अहिलेसम्म १५ लाख ४३ हजार ३४१ जना संक्रमित भएका छन् भने ६३ हजार २५४ जनाको मृत्यु भएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार