२०७७ असार २१ आइतबार, एजेन्सी । इटालियन सिरी ए मा युभेन्टसले टोरिनमाथि सहज जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा युभेन्टसले टोरिनलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
युभेन्टसको जितमा पाउलो डिबाला, जुआन कुआर्ड्राडो र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए भने एक गोल टोरिनका कोफ्फी डिजीडिजीले आत्मघाती गोल गरेका थिए ।
त्यस्तै टोरिनका लागि एक गोल एन्ड्रेअ बेलोटीले गरेका थिए । रोनाल्डोले यस खेलमा फ्री-किकबाट गोल गर्दै ४३औं प्रयास पछि पहिलो पटक सिधै फ्री-किक गोल गरेका छन् ।
त्यस्तै यस खेलमा इटालियन लिजेण्ड गोलकिपर गियानलुइगी बुफोनले खेल्दै नयाँ किर्तिमान बनाएका छन् । बुफोनले इटालियन लिगमा पाओलो माल्दिनीको सर्बाधिक खेलको किर्तिमानलाई तोड्दै ६४८ लिग खेल खेलेका छन् ।
यो जितपछि युभेन्टसले महत्वपूर्ण ३ अंक हासिल गर्दै ३० खेलमा ७५ अंक बनाएको छ । त्यस्तै गएराती नै भएको खेलमा दोस्रो स्थानमा रहेको लाजिओ एसी मिलानसँग ३-० ले पराजित भएसँगै युभेन्टसले अब लिगमा ७ अंकको स्पष्ट अग्रता बनाएको छ । लाजियोको ३० खेलमा ६८ अंक रहेको छ ।
ट्रेन्डिङ
शाहिद : जाे सय फिल्ममा रिजेक्ट भएका थिए
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’