अमेरिकामा कोरोनाबाट एक लाख ३२ हजार ३१३ को मृत्यु

२०७७ असार २१ आइतबार, एजेन्सी । अमेरिकामा कोरोनाको कहर नरोकिएपनि कोरोनाबाट मृत्यु हुनेको संख्या तुलनात्मक रुपमा फेरी घटेको छ । तर सामाजिक दूरी कायम नहुदा संक्रमितको संख्या भने बढिनै रहेको देखिएको छ ।

पछिल्लो २४ घण्टामा अमेरिकामा २१२ जनाको मृत्यु भएको छ । अहिलेसम्म अमेरिकामा मृत्यु हुनेको संख्या एक लाख ३२ हजार नाघेको छ । पछिल्लो अपडेट अनुसार अमेरिकामा ५० वटै राज्यमा गरि मृत्यु हुनेको संख्या एक लाख ३२ हजार ३१३ पुगेको छ ।

त्यस्तै गरि पछिल्लो २४ घण्टामा अमेरिकामा ४२ हजार ८४५ जना संक्रमित पुष्टि भएको छ । योसँगै अमेरिकामा संक्रमितको संख्या २९ लाख ३५ हजार २६० पुगेको छ ।

त्यस्तै अमेरिकामा अहिलेसम्म १२ लाख ५६ हजार ५४८ जना ठिक भएका छन् । त्यस्तै अमेरिकामा अहिले १५ हजार ९५९ जना आइसीयुमा उपचारत रहेका छन् । अमेरिकामा अहिलेसम्म न्युयोर्कमा मात्र मृत्यु हुनेको संख्या ३२ हजार नाघेको छ ।

न्युयोर्कमा ३२ हजार २१५ जनाको मृत्यु भएको छ । त्यस्तै न्युयोर्कमा संक्रमितको संख्या ४ लाख २१ हजार ६३७ जना संक्रमित भएका छन् । न्यूजर्सीमा १५ हजार २५७ जनाको मृत्यु भएको छ भने न्यूजर्सीमा अहिलेसम्म एक लाख ७६ हजार ६६३ जना संक्रमित भएका छन् । त्यस्तै मसाचुसेट्समा ८ हजार १७२ जनाको ज्यान गएको छ ।

त्यस्तैगरि इलिनियोइसमा ७ हजार २२४, त्यस्तै  पेन्सिलभेनियामा ६ हजार ८००, क्यालिफोर्नियामा ६ हजार ३३१, मिचिगनमा ६ हजार २१८, कोनेक्टीकटमा ४ हजार ३३५, फ्लोरिडामा ३ हजार ७०३, लुसियानामा ३ हजार २८३ जना, मेरिल्याण्डमा ३ हजार २३६, ओहियो २ हजार ९३३, जर्जियामा २ हजार ८५७, इन्डियानामा २ हजार ६८७ र टेक्सासमा २ हजार ६४३ जनाको मृत्यु भएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार