पाकिस्तानमा कोरोनाबाट २ लाख २५ हजार बढी संक्रमित

२०७७ असार २१ आइतबार, एजेन्सी । पाकिस्तानमा कोरोना भाइरस संक्रमितको सङ्ख्या २ लाख २५ हजार २८३ पुगेको छ। कोरोना भाइरसको संक्रमणको कारण पाकिस्तानमा शनिबारसम्म ४ हजार ६१९ जनाको मृत्यु भइसकेको छ।

संक्रमितमध्ये १ लाख २५ हजार ९४ जना भने निको भएका छन्। पाकिस्तानका सिन्ध र पञ्जाव प्रान्त अत्यन्त प्रभावित भएका छन्। सिन्ध प्रान्तमा ९० हजार ७२१ जना संक्रमित भएका छन्। त्यसैगरी पञ्जाब प्रान्तमा ८० हजार ७ सय २१ जनामा कोरोना संक्रमण भएको छ।

यसै बीच इस्लामाबादमा थप १६३ जनामा कोरोना भाइरस संक्रमण भएको र दुइ जनाको मृत्यु भएको सरकारी स्रोतले जानकारी दिएको छ। पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरेशीले शुक्रबार कोभिड १९ परीक्षण गरेको र पोजेटिभ भएको घोषणा गरेका छन्। उनले घरबाटै आफ्नो कर्तव्य पूरा गर्ने निर्णय गरेका छन्।

‘आज दिउँसो मैले हल्का ज्वरो महसुस गरेँ र तुरुन्तै घरबाट अलग भएर बसेको छु । मैले अहिले कोभिड १९ परीक्षण गरिसकेँ, अल्लाहको अनुग्रहले म कडा र ऊर्जावान भएको छु’ उनले आफ्नो ट्विटमा भनेका छन्।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार