गोगंबुको ग्यारेजमा आगलागी, ८ बस जलेर नष्ट

२०७७ असार २१ आइतबार, काठमाडौं । गोंगबु बसपार्क नजिकै रहेको एक ग्यारेजमा आगलागी भएको छ। आगलागी हुँदा ग्यारेजमा राखिएको ८ वटा बस तथा माइक्रो बस जलेको छ।

मित्रनगर भन्ने स्थानमा रहेको ग्यारेजमा बिहान करिब ३ बजेतिर आगलागी भएको प्रहरीले जानकारी दिएको छ। सुरुमा एउटा बसबाट सल्किएको आगो पार्किङमा रहेका अन्य बसमा पुग्दा ८ वटा बस जलेर नष्ट भएको महानगरीय प्रहरी वृत महाजगञ्जका डिएसपी रोशन खड्काले जानकारी दिए।

‘एउटा बसबाट सल्किएको आगोले अरु बससम्म पुगेर जलेको देखिन्छ। थप अनुसन्धान भइरहेको छ,’ डिएसपी खड्काले भने।

बसमा आगो कसरी सल्कियो भन्ने खुल्न सकेको छैन।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार