गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण

२०७७ असार २१ आइतबार, गण्डकी । गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेशको तनहुँमा २ जना र बाग्लुङमा १ जना संक्रमित थपिएका हुन्।

संक्रमितलाई सम्बन्धित जिल्लाका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

योसँगै गण्डकी प्रदेशका संक्रमितको संख्या १ हजार ९१ पुगेको छ। नेपालमा भने संक्रमितको संख्या १५ हजार ४ सय ९४ पुगेको छ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार