गायक केन वेस्टद्वारा अमेरिकी राष्ट्रपतिकाे चुनाव लड्ने

२०७७ असार २१ आइतबार, एजेन्सी । अमेरिकी र्याप गायक केन वेस्टले अमेरिकाको राष्ट्रपति निर्वाचनमा उम्मेदवार बन्ने घोषणा गरेका छन् । सामाजिक संजाल ट्वीटरमा घोषणा गर्दै ४३ बर्षिय वेस्टले आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।

उनले भनेका छन्, ‘हामीले हामी अमेरिकीको भगवानप्रतिको विश्वासलाई आत्मसाथ गर्दै, हाम्रो भिजनलाई एक बनाउन र भविष्य निर्माण गर्न म अमेरिकाको राष्ट्रपति निर्वाचनमा उठ्दै छु ।’उनको ट्वीटले तरंग ल्याएपनि उनी साच्चै निर्वाचनमा उठ्नेमा भने अमेरिकी मिडियाले प्रश्न उठाएका छन् ।

अमेरिकाको कैयौं राज्यमा स्वतन्त्र उम्मेदवारी दर्ता गर्ने समय अझै ननाघेको भएपनि उनी उम्मेदवार बन्नेमा आशंका व्यक्त गरिएको छ । अमेरिकी राष्ट्रपति निर्वाचनमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक पार्टीका उम्मेदवार पूर्व उपराष्ट्रपति जोय बाइडेन भिड्दै छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार