प्रचण्डसहितका नेताहरु राष्ट्रपतिलाई भेट्न शीतल निवासमा

२०७७ असार २१ आइतबार, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेका बेला आइतबार पनि भेटघाट र वार्ताका चरण शुरु भएका छन् । आइतबार बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेकपाका शिर्ष नेताहरु राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।

प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ शीतल निवास पुगेका छन् । राष्ट्रपति भण्डारीसँगको भेटपछि नेकपाका दुवै अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीच भेटवार्ता हुने बताइएको छ ।

शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा संकट उत्पन्न भएको, आफु र राष्ट्रपतिविरुद्ध षड्यन्त्र भएको भन्दै मन्त्रीहरुलाई कुन पक्षमा रहने हो आफ्नो कित्ता प्रष्ट पार्न निर्देशन दिएसँगै नेकपा भित्र तरंग सिर्जना भएको थियो ।

नेकपाका प्रचण्डसहितका स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि बढेको विवाद बिभाजनको तहसम्म आइपुगेको छ ।यस अघि शनिबारका लागि तय भएको स्थायी कमिटीको बैठक समेत ठोस सहमति र छलफल हुन नसकेपछि सोमबारका लागि सारिएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार