२०७७ असार २१ आइतबार, एजेन्सी । कोरोना भाइरस (कोभिड-१९) को दोस्रो लहरको आशंका बढेसँगै इरानमा सार्वजनिक स्थानमा मास्क लगाउनेबारे इरानी सरकारले नयाँ नियम ल्याएकाे छ ।
हसन रौहानी, इरानका राष्ट्रपतिले सरकारले ल्याएको नियम नमान्ने मानिसहरुलाई अहिले दिँदै आएको सरकारी सुविधा कटौती गरिने बताएका छन् । कुनै कार्यालय, पसल वा कार्यस्थलका लागि ल्याएको नियम पालना नगरे सो व्यवसायलाई एक साताका लागि बन्द गरिने रौहानीले बताएका छन् ।
इरानमा गत अप्रिल महिनाबाट कोरोना संक्रमितमा कमी आउन सुरु गरेको थियो । तर, पुनः कोरोना भाइरसका नयाँ संक्रमितको संख्यामा वृद्धि भइरहेको छ इरानी सरकारले बताएकाे छ । संक्रमण पुनः बढेसँगै इरानले पाँच प्रान्तका सहर तथा क्षेत्रहरुमा फेरी लकडाउन गर्ने घाेषणा गरेको छ ।
स्रोत : बीबीसी
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो