कोरोनाका कारण अनिश्चित अमरनाथ यात्रा, बाबा बर्फानीको पूजा टिभीमा लाइभ

२०७७ असार २१ आइतबार, एजेन्सी । कोरोना भाइरसको संक्रणका कारण भारतमा अमरनाथ यात्रा हुने नहुने बारेमा फैलसा हुन सकेको छैन। ३ हजार ८ सय ८० फिट उचाइमा रहेको अमरनाथ गुफा दर्शनका लागि लाखौं मानिस त्यहाँ पुग्ने गर्थे। तर यसपटक कोरोना भाइरसको कहरसँगै यात्रा अनिश्चित भएको हो।

जुन २३ बाट सुरु हुनुपर्ने यात्राको बारेमा अहिले पनि छलफल भइरहेको बताइएको छ।  यसपटक मध्य जुलाईबाट सावधानी अपनाएर निश्चित व्यक्तिलाई यात्रामा सहभागी हुन दिनेबारेमा छलफल भइरहेको छ।

यस्तै, पहिलो पटक बाबा बर्फानीको विशेष पूजा टेलिभिजनबाट लाइभ गरिएको छ। भाइरसको डरसँगै यात्रा रोकिएपछि लाइभ टेलिकास्टको व्यवस्था गरिएको हो। लाइभ गर्नका लागि गुफामा दूरदर्शनका १५ जना खटेका छन्। लाइभ प्रसारण रक्षाबन्धनको दिनसम्म हुनेछ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार